महात्मा र नगर सेठको जवान छोरा
नगर सेठको जवान छोरा सधै एक महात्मा काे मा कहाँ कथा सुन्नलाई जाने गर्थे । तर उ जहिले समयभन्दा पहिल्यै उठेर आउँथ्यो । तब एक दिन महात्माले यसो गर्नुको कारण सोधे।
युवक-'महाराज, म आफ्नो माता-पिताको एकमात्र पुत्र हुँ। घर फर्कनलाई अलिकति पनि अबेर भयो भने उहाँहरू खोज्न निस्कन हुन्छ र मेरी दुलही पनि मेरा निमित्त आफ्नो प्राण
दिन्छिन् ।
तपाईं संसारीहरूको सम्बन्धलाई झूठो भन्नुहुन्छ तर तपाईंलाई कुनै अनुभव छैन।'
महात्मा-'यदि यस्तो हो भने हामी उनको प्रेमको परीक्षा किन गरेर नहेरौं ?
यो जडी-बुटी तिमीले खाऊ, तिम्रो शरीर तात्ने छ। म उपाचर गर्न आउनेछु, फेरि वहाँ जो भइरहन्छ त्यो तिमीले चुपचाप हेरिरहनु।'
त्यस युवकले महात्माको आदेशको पालन गर्यो। त्यसको शरीर एकदम तातेर आयो।
मातापिताले आत्तिएर कति डाक्टर र वैद्यलाई बोलाए तर उनीहरूको उपाय सफल भएन। युवककी दुलही पनि कल्पिरहेकी थिई।
यत्तिकैमा ती महात्मा आइपुगे। सबैले उनीसँग पुत्रको औषधि गर्न भनी प्रार्थना गरे।
महात्माले चिकित्सा गर्दै भने–'कसैले जादु-टुना गरिदिएको रहेछ। म उपाय गर्न सक्छु।' उनले एउटा भाँडामा पानी झिकाए र त्यस पुत्रको शिरबाट पानी छुवाएर भने, 'मैले मन्त्रशक्तिबाट त्यस जादु-
टुनालाई यस पानीमा उतारिलिएको छु । अब यदि यस युवकलाई बचाउनु छ भने यो पानी कसैले पिउनुपर्ने छ।'
सबैले एकैसाथ सोधे-महाराज ! तर, यो पानी पिउनेलाई कस्तो दशा हुने छ ?
महात्मा-'त्यो शायद मर्न पनि सक्ला तर यो युवक बाँनेछ। त्यसकारण तिमीहरूमध्ये कसैले यो पानी पिइहाल।
युवककी आमाले भनिन्-'म आफ्नो प्यारो छोराको प्राण बचाउनलाई यो पानी पिउन तयार छु । तर मेरो मृत्युपछि मेरा वृद्ध पतिको सेवा कसले गर्ला ?'
युवकको पिताले भने–'म यो पानी पिइदिउँला तर मेरो मृत्युपछि विचरी मेरी पत्नीको के दशा होला ?
ऊ म विना बाँच्ली पो कसरी ?'
महात्माले ठट्टा गरे–'तिमी दुवैले आधा-आधा पानी पिओ, दुवैको सबै क्रियाकर्म एकसाथ हुनेछ ।
युवककी पत्नीलाई अनुरोध गर्दा उसले भनी-'मेरी वृद्धा सासुले संसारको सबै सुख भोगिलिनुभएको छ। म अहिले तरुणी छु । मैले अहिले संसारको सुख देखेकी सम्म छैन । म किन मरूँ।'
यस प्रकार युवकका सबै सम्बन्धीहरूले पानी पिउन मानेनन ।
उल्टै उनीहरूले महात्मासँगभन्नथाले–'महाराज, तपाईं स्वयंले पिइदिनपयो। तपाईंका शेषपछि रुनेवाला कोही छैनन्।
तपाईं सँधै भन्नुहुन्थ्यो परोपकार सबैभन्दा ठूलो धर्म हो। त्यसकारण तपाईंले स्वयं परोपकार गरिदिनुहोस्। हामी तपाईंका पछि हरसाल श्राद्ध र ब्राह्मणभोज गरिदिउँला।'
महात्माले पानी पिइदिए। पुत्रलाई आफ्ना नातेदारहरूको व्यवहार र प्रेमको अनुभव ठीकसँग भयो। उसले उठेर महात्माका साथै घर छोडिदियो।
महाराज, मैले संसारको असारता देखें । कोही
कसैको छैन । सबै सम्बन्ध स्वार्थपरक छ।
वास्तविक सम्बन्ध एक ईश्वरको मात्र हो।
Grt story
ReplyDelete