Skip to main content

महात्मा र नगर सेठको जवान छोरा Nepali Story

महात्मा र नगर सेठको जवान छोरा 



 नगर सेठको जवान छोरा सधै एक महात्मा काे मा कहाँ कथा सुन्नलाई जाने गर्थे । तर उ जहिले समयभन्दा पहिल्यै उठेर आउँथ्यो । तब एक दिन महात्माले यसो गर्नुको कारण सोधे।

युवक-'महाराज, म आफ्नो माता-पिताको एकमात्र पुत्र हुँ। घर फर्कनलाई अलिकति पनि अबेर भयो भने उहाँहरू खोज्न निस्कन हुन्छ र मेरी दुलही पनि मेरा निमित्त आफ्नो प्राण
दिन्छिन् ।
 तपाईं संसारीहरूको सम्बन्धलाई झूठो भन्नुहुन्छ तर तपाईंलाई कुनै अनुभव छैन।'
महात्मा-'यदि यस्तो हो भने हामी उनको प्रेमको परीक्षा किन गरेर नहेरौं ?

यो जडी-बुटी तिमीले खाऊ, तिम्रो शरीर तात्ने छ। म उपाचर गर्न आउनेछु, फेरि वहाँ जो भइरहन्छ त्यो तिमीले चुपचाप हेरिरहनु।'
त्यस युवकले महात्माको आदेशको पालन गर्यो। त्यसको शरीर एकदम तातेर आयो।

मातापिताले आत्तिएर कति डाक्टर र वैद्यलाई बोलाए तर उनीहरूको उपाय सफल भएन। युवककी दुलही पनि कल्पिरहेकी थिई।
यत्तिकैमा ती महात्मा आइपुगे। सबैले उनीसँग पुत्रको औषधि गर्न भनी प्रार्थना गरे।

महात्माले चिकित्सा गर्दै भने–'कसैले जादु-टुना गरिदिएको रहेछ। म उपाय गर्न सक्छु।' उनले एउटा भाँडामा पानी झिकाए र त्यस पुत्रको शिरबाट पानी छुवाएर भने, 'मैले मन्त्रशक्तिबाट त्यस जादु-
टुनालाई यस पानीमा उतारिलिएको छु । अब यदि यस युवकलाई बचाउनु छ भने यो पानी कसैले पिउनुपर्ने छ।'
सबैले एकैसाथ सोधे-महाराज ! तर, यो पानी पिउनेलाई कस्तो दशा हुने छ ?
महात्मा-'त्यो शायद मर्न पनि सक्ला तर यो युवक बाँनेछ। त्यसकारण तिमीहरूमध्ये कसैले यो पानी पिइहाल।
युवककी आमाले भनिन्-'म आफ्नो प्यारो छोराको प्राण बचाउनलाई यो पानी पिउन तयार छु । तर मेरो मृत्युपछि मेरा वृद्ध पतिको सेवा कसले गर्ला ?'
युवकको पिताले भने–'म यो पानी पिइदिउँला तर मेरो मृत्युपछि विचरी मेरी पत्नीको के दशा होला ?
 ऊ म विना बाँच्ली पो कसरी ?'
महात्माले ठट्टा गरे–'तिमी दुवैले आधा-आधा पानी पिओ, दुवैको सबै क्रियाकर्म एकसाथ हुनेछ ।
युवककी पत्नीलाई अनुरोध गर्दा उसले भनी-'मेरी वृद्धा सासुले संसारको सबै सुख भोगिलिनुभएको छ। म अहिले तरुणी छु । मैले अहिले संसारको सुख देखेकी सम्म छैन । म किन मरूँ।'
यस प्रकार युवकका सबै सम्बन्धीहरूले पानी पिउन मानेनन ।

 उल्टै उनीहरूले महात्मासँगभन्नथाले–'महाराज, तपाईं स्वयंले पिइदिनपयो। तपाईंका शेषपछि रुनेवाला कोही छैनन्।

तपाईं सँधै भन्नुहुन्थ्यो परोपकार सबैभन्दा ठूलो धर्म हो। त्यसकारण तपाईंले स्वयं परोपकार गरिदिनुहोस्। हामी तपाईंका पछि हरसाल श्राद्ध र ब्राह्मणभोज गरिदिउँला।'
महात्माले पानी पिइदिए। पुत्रलाई आफ्ना नातेदारहरूको व्यवहार र प्रेमको अनुभव ठीकसँग भयो। उसले उठेर महात्माका साथै घर छोडिदियो।
महाराज, मैले संसारको असारता देखें । कोही
कसैको छैन । सबै सम्बन्ध स्वार्थपरक छ।
वास्तविक सम्बन्ध एक ईश्वरको मात्र हो।

Comments

Post a Comment

Popular Posts

चलाख व्यापारी र शाेषक राजा Story in Nepali

चलाख व्यापारी र शाेषक राजा  Story In Nepali Language  एक पटक अन्यायी राजाले राज्यमा शासन गर्थे। यो राजा आफ्ना मानिसहरूको हितको बारेमा काम गर्दैनथे ।  आफ्नै व्यक्तिगत हितको लागि मात्र गर्दथे । उनको मन्त्री परिषद राजा जत्तिकै भ्रष्ट थियो। तिनीहरू राजासित सहमत भए र उनलाई अन्यायपूर्वक शासन गर्न दिए।  अब, उही राज्य मा, एक व्यापारी बस्ने गर्थे। उनले अन्यायपूर्ण व्यवहारका कारण राजालाई मन नपराए र गलत समयमा मुख खोलेको कारण राजासँग उनी समस्यामा परेका थिए।   एक दिन अदालतमा एक छलफलको क्रममा व्यापारीले भने, "यदि मानिस बौद्धिक छ भने ऊ कुनै पनि परिस्थितिमा पनि बाच्न सक्छ।"  तिनीहरूलाइ  पहिले नै व्यापारी मन परेकाे थिएन । त्यसैले उनले व्यापारीलाई उनको घमण्डीपन र घमण्डपूर्ण व्यवहारको लागि सजाय दिने निरनय गरे ।  अनि उनी र उनको परिवारलाई घोडाको तबेलामा राखे। यसबाहेक, राजाले एक शर्त राखे कि  व्यापारी एक महिनाको लागि बाहिर जान पाउने छैन  र उसले एक हजार सुनको सिक्का पनि कमाएर राजालाइ बुझाउनुपर्ने ।  अब, व्यापारीले के गर्ने भनेर योजना गरिसकेका थिए? । उसले राजालाई आफ्नो तराजु ल्

तुलसीदास र दुलही Tulshi Dash and His Bride

तुलसीदास र दुलही जब तुलसीदास आफ्नो जवानीमा पत्नीका तर्फ धेरै आसक्त थिए। एक पटक दुलही माइत गएकी थिइन्। तुलसीदासले यो विरह सहन नसकेर ससुरालीतर्फ हिंड़े। रात्रिको वेला थियो मुसलधारे वर्षा भइरहेको थियो।  नदीमा ठूलो बाढी आइरहेको थियो। एउटा मुर्दालाई मूढो ठानेर त्यसैमा चढ़ी उनले नदी पार गरे।  ससुरालीमा ढोका बन्द भएको हुँदा उनले झ्यालबाट भित्र पस्ने विचार गरे। एउटा सर्प झण्डिरहेको थियो।  त्यसलाई डोरी संझिएर उसैको सहाराले माथि चढेरमा दुलहीको कोठाभित्र पुगे। तुलसि दासले त्यहा  दुलहाको पराक्रमको कुरा सुनिन् र उनले धिक्कारिन्।   जस्तो प्रेम मेरो हाड़ छाला भएको देहसँग गर्नुहुन्छ त्यत्तिकै प्रेम प्रभुका निमित्त गरी यति कष्ट सहेकोभा तपाईंको उद्धार हुने थियो। पत्नीको वचन सुन्नासाथ तुलसीलाई एउटा धक्का जस्तो लाग्यो। उनको ज्ञानचक्षु खुल्यो र त्यसै क्षण उनले संसार त्यागिदिए। सारा जीवन रामचन्द्रजीको सेवामा बिताए।

साधुहरू र राक्षस Saint and Demon

साधुहरू र राक्षस एक पटक पिण्डारक तीर्थमा विश्राम गरिरहेका साधुहरूको हँसी उड़ाउने युक्ति यादवकुमारहरू ( राक्षस) ले गरे।  उनले साम्ब राक्षसलाई स्वास्नी मानिसको लुगा लाइदिएर ऋषिहरूका नजिक लगेर उनलाई सोधे–'महाराज, यी गर्भिणी नारीको पुत्र हुन्छ कि पुत्री?' साँचो कुरा के हो भनेर ऋषिले थाहा पाइसके। भगवान्को प्रेरणाले उनले भने–'साम्बको गर्भबाट मुसल(फलाम) उत्पन्न हुने छ, जसले समग्र यदुवंशको नाश गर्ने छ।' अब यादवकुमार डराए। उनीहरूले त्यस मुसललाई बालुवा जस्तो टुक्रा बनाएर समुद्रको किनारामा छाडिदिए जो एक टुक्रा बाँकी रहेको थियो त्यसलाई पनि फ्याँकिदिए। ती रजकणहरूबाट उत्पन्न भएका एरिकघाँस (पटेर) फलामबाट बनेका हथियार-द्वारा यादवहरू आपसमा लड़ी मरे।