Skip to main content

आखिर मलाई मात्र किन ? विम्बल्डन टेनिस खेलका एकजना महान हस्ती आर्थर आशेसँग सम्बन्धित एउटा प्रशंग

आखिर मलाई मात्र किन ?


आखिर मलाई मात्र किन ?



जब दुःख-पीडाले हामीलाई सताउन थाल्दछ, हामी सबै स्वयम्लाई प्रश्न गर्न थाल्दछौं,
"आखिर मलाई मात्र किन?'

यसै सन्दर्भमा विम्बल्डन टेनिस खेलका एकजना महान हस्ती
आर्थर आशेसँग सम्बन्धित एउटा प्रशंग रहेको छ।

आर्थर आशे क्यान्सर रोगसँग जिवन-मृत्युको संघर्ष गरिरहेका थिया ।

संसारभरिका उनका साथिभाई, शुभ-चिन्तकहरूबाट उनको स्वास्थ्य लाभको प्रार्थना गर्दै चिठ्ठीपत्रहरू आईरहेका थिए । यि चिठ्ठीहरू मध्येमा एउटामा यसरी लेखेको थियो, “भगवानले किन तँपाईलाई मात्र यस्तो भयंकर रोगका लागि रोजेका होलान् ?"

यस मार्मिक प्रश्नको जवाफ आर्थर आशेले निम्न शब्दहरूमार्फत पठाएका थिए,

“संसारभरिमा करिब ५ अर्ब केटाकेटीहरूले टेनिस खेल खेल्न सुरू गर्छन्, जसमध्ये करीब ५० लाखले सिक्छन्।  ५ लाख मानिसले ब्यावसायिक टेनिस खेल्छन्, ५० हजार जनाले प्रतियोगिता
हरूमा खेल्छन्, ५ हजार ग्राण्ड स्लामका लागि छनौट हुन सफल हुन्छन्, ५० जना विम्बल्डनसम्म पुग्छन्, ४ जना सेमि-फाईनलमा र २ जना मात्र फाईनलका लागि छानिन्छन् ।

जबकी प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी भएर प्रतियोगिताको उपाधि जित्दा मैले कहिल्यै पनि
भगवानसँग प्रश्न गरेको छैन।  “आखिर मलाई मात्र किन?"

आज क्यान्सर रोगले थलिन्दाको यस क्षणमा पनि भगवान्सँग म यो प्रश्न कदापि गर्ने छैन, "आखिर मलाई मात्र किन?"

छाेटो जानकारि

एशे पहिलो काला जातीका खेलाडी थिए जो संयुक्त राज्य अमेरिका डेभिस कप टोलीमा छानिएका थिए र विम्बलडन, युएस ओपन, र अष्ट्रेलियाली ओपनमा एकल जित्ने एकमात्र कालो जातीका मानिस थिए।

 1980  को शुरुमा, एशेलाई हृदय बाईपास सर्जरीको क्रममा दिएकाे  रक्तबाट एचआईभी संक्रमित भएको विश्वास गरिन्छ।  सार्वजनिक रूपमा अप्रिल 1992  मा उनले बिमारीको भएकाे घोषणा गरे र अरुलाई एचआईभी र एड्स सम्बन्धी शिक्षा दिन काम गर्न थाल्नुभयो।

  एड्स सम्बन्धी न्यूमोनियाबाट आफ्नो मृत्यु हुनु अघि उनले यस छेत्र मा आर्थर एशे फाउन्डेशन र शहरी स्वास्थ्यका लागि आर्थर एशे फाउन्डेसनको स्थापना गरे।  एशेलाई मरणोत्तर संयुक्त राज्यका राष्ट्रपति बिल क्लिन्टनले  Presidential Medal of Freedom दिए।

Comments

Popular Posts

तीन प्रेरणादायी कथाहरु (जीवन उपयोगी )Inspirational Stories in Nepali

तीन प्रेरणादायी कथाहरु (जीवन उपयोगी ) Inspirational Stories in Nepali तीन प्रेरणादायी कथाहरु (जीवन उपयोगी ) 1 .King and Stone -समस्यामा लुकेकाे अवसर। पुरानो समयमा, एक पटक राजाले एउटा बाटोमा ढुङ्गाा राखेका थिए । त्यसपछि उनि आफैं लुके ।  कसैले यसलाइ प बाटोबाट बाहिर सर्छ कि भनेर हेरेर बसे। राजाका केही धनी व्यापारीहरू र दरबारीहरू त्यहि  आएर ढुङ्गाा हेरेर गएकाे देखे। तर कसैले  ढुङ्गाा सारेनन । बस घुमफिर गर्थे। धेरै मानिसहरूले राजालाई दोष लगाए कि सडकहरू सफा राखेनन् भनेर  ।  तर ती मध्ये कसैले पनि ढुंगा हटाउने काम गरेन।  त्यसपछि एक किसान तरकारी बोक्ने बोल्डर नजिक आइपुगेपछि किसानले आफ्नो बोझ  राख्याे  र ढुंगालाई सडकबाट हटाउने कोसिस गर्यो।  धेरै धक्का र तनाव पछि, उनी अन्तमा सफल भयाे। किसानले तरकारी लिन फर्के पछि उनले पल्टाएकाे ढुंगा मुनि पर्सलाई सडकमा ढल्केको देखे।  पर्समा सुनका धेरै सिक्का र राजाको एउटा नोट(सुचना) रहेको थियाे ।  कि -सुन उक्त व्यक्तिको लागि हो जसले बाटोबाट  ढुंगा हटाउछ । 2 .ठूल...

चलाख व्यापारी र शाेषक राजा Story in Nepali

चलाख व्यापारी र शाेषक राजा  Story In Nepali Language  एक पटक अन्यायी राजाले राज्यमा शासन गर्थे। यो राजा आफ्ना मानिसहरूको हितको बारेमा काम गर्दैनथे ।  आफ्नै व्यक्तिगत हितको लागि मात्र गर्दथे । उनको मन्त्री परिषद राजा जत्तिकै भ्रष्ट थियो। तिनीहरू राजासित सहमत भए र उनलाई अन्यायपूर्वक शासन गर्न दिए।  अब, उही राज्य मा, एक व्यापारी बस्ने गर्थे। उनले अन्यायपूर्ण व्यवहारका कारण राजालाई मन नपराए र गलत समयमा मुख खोलेको कारण राजासँग उनी समस्यामा परेका थिए।   एक दिन अदालतमा एक छलफलको क्रममा व्यापारीले भने, "यदि मानिस बौद्धिक छ भने ऊ कुनै पनि परिस्थितिमा पनि बाच्न सक्छ।"  तिनीहरूलाइ  पहिले नै व्यापारी मन परेकाे थिएन । त्यसैले उनले व्यापारीलाई उनको घमण्डीपन र घमण्डपूर्ण व्यवहारको लागि सजाय दिने निरनय गरे ।  अनि उनी र उनको परिवारलाई घोडाको तबेलामा राखे। यसबाहेक, राजाले एक शर्त राखे कि  व्यापारी एक महिनाको लागि बाहिर जान पाउने छैन  र उसले एक हजार सुनको सिक्का पनि कमाएर राजालाइ बुझाउनुपर्ने ।  अब, व्यापारीले के गर्ने भनेर योजना ...

साधुहरू र राक्षस Saint and Demon

साधुहरू र राक्षस एक पटक पिण्डारक तीर्थमा विश्राम गरिरहेका साधुहरूको हँसी उड़ाउने युक्ति यादवकुमारहरू ( राक्षस) ले गरे।  उनले साम्ब राक्षसलाई स्वास्नी मानिसको लुगा लाइदिएर ऋषिहरूका नजिक लगेर उनलाई सोधे–'महाराज, यी गर्भिणी नारीको पुत्र हुन्छ कि पुत्री?' साँचो कुरा के हो भनेर ऋषिले थाहा पाइसके। भगवान्को प्रेरणाले उनले भने–'साम्बको गर्भबाट मुसल(फलाम) उत्पन्न हुने छ, जसले समग्र यदुवंशको नाश गर्ने छ।' अब यादवकुमार डराए। उनीहरूले त्यस मुसललाई बालुवा जस्तो टुक्रा बनाएर समुद्रको किनारामा छाडिदिए जो एक टुक्रा बाँकी रहेको थियो त्यसलाई पनि फ्याँकिदिए। ती रजकणहरूबाट उत्पन्न भएका एरिकघाँस (पटेर) फलामबाट बनेका हथियार-द्वारा यादवहरू आपसमा लड़ी मरे।