आखिर मलाई मात्र किन ? आखिर मलाई मात्र किन ? जब दुःख-पीडाले हामीलाई सताउन थाल्दछ, हामी सबै स्वयम्लाई प्रश्न गर्न थाल्दछौं, "आखिर मलाई मात्र किन?' यसै सन्दर्भमा विम्बल्डन टेनिस खेलका एकजना महान हस्ती आर्थर आशेसँग सम्बन्धित एउटा प्रशंग रहेको छ। आर्थर आशे क्यान्सर रोगसँग जिवन-मृत्युको संघर्ष गरिरहेका थिया । संसारभरिका उनका साथिभाई, शुभ-चिन्तकहरूबाट उनको स्वास्थ्य लाभको प्रार्थना गर्दै चिठ्ठीपत्रहरू आईरहेका थिए । यि चिठ्ठीहरू मध्येमा एउटामा यसरी लेखेको थियो, “भगवानले किन तँपाईलाई मात्र यस्तो भयंकर रोगका लागि रोजेका होलान् ?" यस मार्मिक प्रश्नको जवाफ आर्थर आशेले निम्न शब्दहरूमार्फत पठाएका थिए, “संसारभरिमा करिब ५ अर्ब केटाकेटीहरूले टेनिस खेल खेल्न सुरू गर्छन्, जसमध्ये करीब ५० लाखले सिक्छन्। ५ लाख मानिसले ब्यावसायिक टेनिस खेल्छन्, ५० हजार जनाले प्रतियोगिता हरूमा खेल्छन्, ५ हजार ग्राण्ड स्लामका लागि छनौट हुन सफल हुन्छन्, ५० जना विम्बल्डनसम्म पुग्छन्, ४ जना सेमि-फाईनलमा र २ जना मात्र फाईनलका लागि छानिन्छन् । जबकी प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी भएर प्रतिय...
Nepali Story In Pdf (विश्वभरका प्रेरणादायी कथाहरु अब नेपालि भाषामा)
विश्वभरका रमाइला एवम प्रेरणादायी कथाहरु अब नेपालि भाषामा ।